देउवाद्वारा ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन, दमननाथ ढुंगानालाई महासमिति सदस्य बनाइयो
बिहीबार, २४ जेठ २०७५, १३ : १५
काठमाडौ– कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् । देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
-
वित्तीय विधामा ६ लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो 'आइडियाप्रेन्योर नेपाल'
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप
-
इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण