देउवाद्वारा ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन, दमननाथ ढुंगानालाई महासमिति सदस्य बनाइयो
बिहीबार, २४ जेठ २०७५, १३ : १५

काठमाडौ– कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् । देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
-
ओलीको ‘झोले’ अभियानविरूद्ध उत्रिए एमालेकै कार्यकर्ता !
-
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान
-
सरकार यातायात व्यवसायीकाे पक्षमा उभिएपछि राइडर्सहरू रूष्ट, आन्दोलनको चेतावनी
-
नामीद्वारा ४० देशमा १२ हजारभन्दा बढी जेएफ–एस ३ युनिट निर्यात
-
चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान