सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

शनिबार, २३ चैत २०८१, १६ : ३०
शनिबार, २३ चैत २०८१

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको ढिलो ओभर रेटका कारण पन्तलाई यो जरिवाना लगाइएको हो। 

यो आईपीएल आचारसंहिताको धारा २.२२ को उल्लङ्घन हो। यसैबिच, लखनऊ सुपर जायन्ट्सका बलर दिग्वेश सिंहलाई पनि आईपीएल आचारसंहिता उल्लङ्घनको दोषी ठहराइएको छ। उनलाई आधा म्याच फि जरिवाना गरिएको छ।

यो सिजनमा धारा २.५ अन्तर्गत उनको दोस्रो लेभल १ अपराध थियो। विकेट लिएपछि उनले एउटा यस्तो इशारा गरे जुन म्याच रेफ्रीले आपत्तिजनक पाएका थिए। लेभल १ अपराध अन्तर्गत म्याच रेफ्रीको निर्णय अन्तिम र निर्णायक मानिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप