बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए

शनिबार, २३ चैत २०८१, १६ : ०१
शनिबार, २३ चैत २०८१

काठमाडौँ । बानेश्वर क्याम्पसका निर्वाचित स्ववियु सदस्य विवेक ठकुल्ला निर्वाचित कार्यसमितिको पहिलो बैठक नै नबसी बिदेसिएका छन् । 

ठकुल्ला वैदेशिक अध्ययनका लागि आज शनिबार जापान गएका उक्त क्याम्पसका एक स्ववियु सदस्यले जानकारी दिए । 

चैत ५ गते भएको स्ववियु निर्वाचनमा ठकुल्लाले अखिल क्रान्तिकारीको तर्फबाट १५९ मत ल्याएर स्ववियु सदस्य निर्वाचित भएका थिए ।

यद्यपि, ठकुल्लाले आफू २–३ महिनामा फर्किने गरी जापान गएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप