बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ महानगरको सूचनाः वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्

शनिबार, २३ चैत २०८१, १५ : ३२
शनिबार, २३ चैत २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न अनुरोध गरेको छ । 

महानगरपालिकाले एक सूचनामार्फत भनेको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

साथै, काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

486725340_2261287657646393_6022565500147975197_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप