मनोज कुमारको राजकीय सम्मानका साथ अन्त्येष्टि

मुम्बई । बलिउड अभिनेता-निर्देशक मनोज कुमारको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई भारतको राष्ट्रिय भण्डा ओढाएर मुम्बईको जुहूस्थित पवनहंसको शवदाह गृहमा ल्याइएको थियो।
त्यहाँ उनलाई २१ तोपको सलामी दिइएको थियो। उनका छोरा कुणाल गोस्वामीले चितामा दागबत्ती दिए। उनको अन्त्येष्टिमा प्रेम चोपडा, सलीम खान, सुभाष घई, अमिताभ बच्चन र छोरा अभिषेक उपस्थित थिए।
मनोज कुमारको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको थियो। उनले मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास लिए। देशभक्तिपूर्ण चलचित्रहरू बनाउने उनलाई भारत कुमारको नामले पनि चिनिन्छ।
मनोज कुमार लामो समयदेखि कलेजो सिरोसिसबाट पीडित थिए। उनको अवस्था बिग्रिएपछि २१ फेब्रुअरी २०२५ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।
मनोज कुमारले ७ वटा फिल्मफेयर अवार्ड प्राप्त गरे। पहिलो फिल्मफेयर अवार्ड सन् १९६८ मा फिल्म उपकारको लागि प्राप्त भएको थियो। उपकारले सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ संवादको लागि चार फिल्मफेयर पुरस्कार जित्यो।
उनलाई १९९२ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो। २०१६ मा उनलाई दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल