अन्नपूर्ण आधार शिविरको बिहान

अन्नपूर्ण आधार शिविरको बिहान ! अन्नपूर्ण शृङ्खलालाई सुनले पोतिएको बिहान ! विराट प्रकृतिको एउटा बिछट्टकै पृथक् छटा र छवि !
सौन्दर्य विम्बहरू आँखामा भरिभराउ भएर उल्लासको अनुभूति प्रदान गर्दै थिए । ती बिस्तारै मनभित्र पस्दै थिए । मान्छेका अनुहारमा खुसीका रङहरू पोत्दै तिनले प्रकृति रमणको मिठास चखाउँदै थिए । र, तिनले बल्लतल्ल पुगेका पदयात्रीका चाहना पूरा गराउँदै थिए । चाहना पूरा भएकामा यात्रीको खुसी हिउँभरि छरिएका थिए । आकाशजस्तै सफा भएर चम्किरहेका थिए । उकालो आउँदाको हैरानी बिर्सेर हिमालमा रमाउन पाउनुको तृप्तिले तृप्त थिए ।
यसरी खुसी छचल्किनु भनेको जीवनकै सर्वाधिक उत्सव पनि हो । लामो समयदेखिको योजनाले मूर्त रूप लिन पाउँदा मनका सबै खुसी फूलजस्तै फुलिरहेका थिए । सुगन्ध भएर ती फैलिरहेका थिए । संगीतमय गुञ्जन भएर ती नेपथ्यमा गुन्जिरहेका थिए ।
एकाबिहानैको सन्नाटालाई चिर्दै । आँखा मिच्दै हिउँ जमेको ठाडोमा चिप्लेर लड्दै । हात ठिहिर्याएर मुटु कमाउँदै । अन्नपूर्ण हिमालको काखमा लुटुपुटु गर्न लालायित कैयौँ मनहरू त्यहाँ थिए । चिसो बिहानको प्रहरमा पनि न्यानो दृश्य–स्पर्शले रोमाञ्चित हुँदै । अन्नपूर्णको बिहान सुखद अनुभूतिको आभासले सबैको हृदय प्रफुल्लित भइरहेको थियो ।
हिमाली उचाइ र गौरवमय अन्नपूर्ण आधार शिविरको परिवेश । शान्त सेताम्मे हिउँका हिलाम्मे भूमिमा मानिसका रहरहरू बाल्य चञ्चलता जत्तिकै चुलबुल गर्दै थिए । अघिल्लो दिनको घनघोर हिमपातले हिमाल झन् बढी हिउँले भरिएको थियो । बाक्लो कुहिरोले केही नदेखिएका दृश्य भोलिपल्ट बिहानको प्रकृति खुलेको थियो । अन्यथा यात्रीको मन रुने निश्चित थियो । अन्नपूर्ण हिमाल देख्न नपाउँदा आँखा अफसोसका आँसुले भरिने थियो ।
अपितु वातावरणले काँचुली फेर्यो । बिहानको आधार शिविरलाई मिर्मिरेको कलिलो अवस्थामै यात्रीका पाइलाले टेक्दै सूर्योदयको व्यग्र प्रतीक्षामा रह्यो । सबैका आँखाहरू हिमालतिरै थिए । कतिबेला घामले हिमाललाई सुनले नुहाउँछ भन्ने उत्सुकता व्याप्त थियो । त्यो दुर्लभ क्षणलाई देख्नु, भेट्नु, हेर्नु र अनुभूतिको गहिराइमा आफूलाई ध्यानस्थ गराउनु कम आह्लादित कुरा हुन सक्दैनथ्यो ।
बिस्तारै अन्नपूर्ण शिरका हिमाली चुलीमाथि घामको मृदुस्पर्श पर्न थाल्यो । यसरी बिहानको कलिलो घामको पहिलो झुल्कोले अन्नपूर्णको चुचुरोलाई स्वप्निल सौन्दर्यका दृश्यमा रूपान्तरण गरिदिएको थियो । प्रकृतिप्रेमी मनका लागि यो जतिको अनुपम क्षण अरू के हुन सक्थ्यो र ?! तिनलाई आँखाभरि सजाएर मनसम्म सुरक्षित राख्न पाउनु ठुलो सन्तुष्टिको कुरा थियो ।
वस्तुतः सुनौला रङका सूर्य किरणहरूले चुम्दै श्वेत सौन्दर्यमा सुनको बिहान उपस्थित थियो । अन्नपूर्ण आधार शिविरको बिहान एउटा अविस्मरणीय सम्झनाको दिन भयो । विदेशी पर्यटकहरू यस्तो प्राकृतिक परिवेशमा आफूलाई बिर्सिएर प्रकृतिमै विलीन हुन पाएकामा हर्षविभोर थिए ।
यद्यपि त्यहाँ त्यो बिहान कोही पनि पराई, विदेशी वा अपरिचित अथवा एक्ला थिएनन् । जे देख्न मरिहत्ते गरिआएका हुन्, त्यो दृश्य देख्न पाउँदाको खुसी स्वतः प्रकट भइरहेका थिए । सबै प्रकृतिको यो रहस्यमय लीलामा विलीन थिए । सुन पोतिएको हिमाल देखेर मन्त्रमुग्ध थिए । निःशब्द आफैँमा चुपचाप थिए तर चञ्चलपन त्यत्तिकै थिए ।
आफ्नै देशमा, आफ्नै प्रकृतिको विराट् सागरमा डुबुल्किन पाउनुको खुसी सामान्य लाग्दैन । खुसीलाई अनुभूतिका अक्षरहरूमा अनुवाद गर्नु पनि सामान्य कुरा हुँदैन । परन्तु सौन्दर्यका आभाहरूले मन निःशब्द हुँदोरहेछ ।
अन्नपूर्ण आधार शिविरको स्वर्णिम बिहानको त्यो क्षण जीवनकै अनुपम चित्रजस्तो लागिरह्यो । गाढा निलो आकाशको काखमा टल्किएको हिमालको सौन्दर्यले मनभरि आनन्द भर्नु स्वाभाविकै हो । म यस्तै संसार, म यही प्रकृति र म यही सौन्दर्यको खोजीमा थिएँ ।
बल्ल अन्नपूर्ण आधार शिविरमा ती अतृप्त पलहरूलाई तृप्त पार्न पाउने आशाले उफ्रिन थालेँ । अन्नपूर्ण काखको बिहान साँच्चै एक मिठो सपनाजस्तै उज्यालो खुसीले भरिएको थियो । त्यहाँ प्रकृति आफ्नै लयमा रमाइरहेको थियो । म अरू यात्रीजस्तै रसिला हर्षका आँखाले सुनौलो हिमाल नियाल्दै छरपस्ट सुन्दरताका रङहरू बटुल्दै थिएँ ।
वास्तवमा अन्नपूर्ण आधार शिविरमा म एक्लो यात्री भइनँ । म मेरै प्रियजनहरूसँग यो हिमाली यात्रामा छु । यो आधार शिविरको फेदीमा रमाउन पाएको छु । यस्तो दिव्यपल आफ्नै आँखाका परेलीमा सजाएर हेर्न पाउनुको अहोभाग्यले म पागल भइरहेछु । यो पागलपन भन्नु अनुभूतिगम्य भावनाहरूको एउटा मिठो अध्याय हो । यस अध्यायमा सुकोमल भावनाहरूले बयली खेल्छन् ।
अन्ततः आफ्नै देशमा, आफ्नै प्रकृतिको विराट् सागरमा डुबुल्किन पाउनुको खुसी सामान्य लाग्दैन । खुसीलाई अनुभूतिका अक्षरहरूमा अनुवाद गर्नु पनि सामान्य कुरा हुँदैन । परन्तु सौन्दर्यका आभाहरूले मन निःशब्द हुँदोरहेछ ।
हिमालसँग साक्षात्कार गर्ने मनसाय बोकेर म एक्लै अघि बढेको थिएँ । अन्नपूर्ण आधार शिविरको गन्तव्य थियो । त्यहाँ निलो आकाशमुनि सेताम्मे हिमालको संसारले मानिसलाई बेग्लै आनन्द दिन सक्थ्यो । मेरो चाहना, मेरो धोको, मेरो रहर र इच्छाका चाङहरूलाई पूरा गर्न मलाई यहाँसम्म पुर्याइसकेको थियो ।
अन्ततः म आधार शिविरमा पुगेँ । तर बाक्लो हिउँ परिरहेको र नजिकैको बाटो पनि नदेख्दा व्यर्थको यात्रा होला कि भन्ने डर थियो । बाटोको कठिनाइसँगै दिनभरको थकाइले ज्यान दुखिरहेको थियो । तर भोलि बिहानको सुखद दिनको आशाले भुलेर हिमालको गहिराइमा हराएँ ।
क्रमशः म बिहानको सुनौलो हिमाली परिकल्पनामा डुबेँ । हिमालले मलाई आफैँमा समेटेजस्तो लाग्यो । एक्लै भए पनि म त्यहाँ बिरानो थिइनँ । अन्नपूर्णको हिउँले मलाई स्वागत गरिरहेको थियो । हिमालको शीतल बतासले मेरो आत्मालाई सुमसुम्याइरहेको थियो ।
त्यस रात आधार शिविरको होटलमा निदाउनुअघि एकपल्ट फेरि आकाशतिर हेरेँ । तर हिउँ पर्ने क्रम रोकिएको थिएन । हिउँको थुप्रोले होटल अगाडिको भाग उरुङ्खात भइसकेको थियो । तर बिहान हुनुअघि अनेकौँ ताराहरू झिलिमिली गरिरहेको देखेर मन यति खुसी भयो कि बिहान कहिले होला भन्ने हतारो हुन थालिसकेको थियो । अन्नपूर्णको शिखर चन्द्रमाको शीतल प्रकाशमा झलमलाइरहेको थियो ।
म सोचिरहेँ— हिमाल यति अद्भुत छ, यति शान्त छ, अनि यति रहस्यमय पनि छ ! हिजो साँझको कुहिरीमण्डल अँध्यारो हठात् हराइसकेको थियो, हिउँ झरेको थिएन । हिजोको हिउँले सर्वत्र सेतो थुप्रो थुपारेको देखिन्थ्यो । यस्तो थुप्रोमा प्रकृतिका अनेकौँ सौन्दर्य आगन्तुकलाई लोभ्याउन तम्तयार थिए ।
अन्ततः म आधार शिविरमा पुग्दा दिनभरको थकाइ बिर्सेर हिमालको उचाइमा होइन गहिराइमा हराएँ । हिमालले मलाई आफैँमा मायाको कुम्लोभित्र समेटेजस्तो लाग्यो । एक्लै भए पनि म त्यहाँ बिरानो थिइनँ । अन्नपूर्णको हिउँले मेरो थकित आत्मालाई स्वागत गरिरहेको थियो । हिमालको शीतल बतासले मेरो आत्मालाई सुमसुम्याइरहेको थियो ।
सफा आकाशको काखमा टल्किएको हिमालको सौन्दर्यले मनभरि आनन्द भर्यो । अन्नपूर्ण आधार शिविरको त्यो बिहान एक सपनाजस्तै उज्यालो थियो । त्यहाँ प्रकृति आफ्नै लयमा रमाइरहेको र केही नभनी धेरै कुरा भनिरहेको थियो ।
बिहान सबेरै जब पदयात्रीहरू होटलबाट निस्किन थालिसकेका थिए । तिनका आँखाहरूमा एक किसिमको विस्मय र उल्लासको विम्ब देखिन्थ्यो । चिसो हावामा श्वास लिँदा पनि बेग्लै प्रकारको हिमशीतल अनुभूति हुन्थ्यो । जुन कुनै तीर्थस्थलमा ध्यानस्थ भई प्राप्त गरिने निर्वाणभन्दा कम लाग्दैन । अगाडि हिमालको फेदमा बसेर हेर्दा लाग्यो, अन्नपूर्णले आफ्नो विशालता र सौन्दर्यको छाया हामीमाथि पारिरहेकी छन् ।
अन्नपूर्ण आधार शिविरको बिहान सुनले नुहाउँदै अन्नपूर्ण हिमाली चुचुराहरू स्वप्निल सौन्दर्यमा दृश्यमान थिए । यस्तो मनमोहक दृश्य प्रकृतिप्रेमी मनहरूसम्म प्रवेश भइरहेका थिए । साँच्चै अन्नपूर्ण आधार शिविरको सुनौलो बिहान मेरा पाइला र मेरो आत्माको यात्रा बनिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक
-
कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, सबैले राजनेता मानेका छन् : डा.शेखर कोइराला
-
घले पक्षीय एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा गुरुङ सर्वसम्मत
-
सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छः कोइराला
-
बिहानका यस्ता बानी, आजैदेखि सुधार्नुस्
-
शिक्षक आन्दोलन : शिक्षा ऐन जारी गर्न माग