‘भारतले कहाँ काँडेतार लगाएको छ र ?’
शनिबार, २३ चैत २०८१, १३ : ४५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हल्ला भएको जस्तो भारत र नेपालबिचको उच्चस्तरीय भ्रमण अवरुद्ध नभएको स्पष्ट पारेका छन् । शनिबार थाइल्याण्ड भ्रमण सकेर त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘भारत भ्रमण असम्भव कुरा थिएन । कतिपय कारणले हुन नपाएको मात्र हो । बाहिर हल्ला गरेजस्तो अवरुद्ध भयो भन्ने होइन । भारतले काँडेतार लगाएको छ र ?’
‘सगरमाथा संवादअघि दुई देशबिचको भ्रमण हुन्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘वास्तवमा हामी नै अलिकति व्यस्त छौँ । सगरमाथा संवादलगायत कार्यक्रमहरू छन् । हाम्रै तर्फबाट भ्याऔँ र भारतसँग कुराकानी गर्यो भने हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
-
सोमबार कुन राशिका लागि शुभ ?
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?