अपराध
भट्टेडाँडाबाट ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ
शनिबार, २३ चैत २०८१, १३ : २९

काठमाडौँ । ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार मकवानपुरबाट एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी रहेका छन् ।
एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल बरामद गरिएकाे जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
साथै ३ थान मोबाइल र एउटा भारतीय एम्बुलेन्स समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेससँग मिलेर चुनाव लड्दा पनि पीएससँग हारे खगराज, कास्की रेडक्रसमा खड्का विजयी
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम