समाचार
वीरेन्द्रनगरमा कसले चलायो गोली ?
शनिबार, २३ चैत २०८१, १३ : ०१

सुर्खेत । शनिबार वीरेन्द्रनगरमा गोली चलेको छ। वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ।
उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए।
‘यो गोली कताबाट आयो, कसले चलायो यसै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा
-
रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का