प्रेम यात्रा

प्रेमको यात्रा
जुनसुकै बेला टुङ्गिन सक्छ
होस नपुर्याएमा
होस गुमाएमा
प्रेम-यात्रामा
सँगसँगै हिँड्दाहिँड्दै
आउनसक्छन् थरिथरिका
हाउभाउ देखाउने अप्सराहरू
यात्राका हरेक
गल्लीगल्लीका मोडमोडमा
ढुक्नसक्छन् सुन्दर आकर्षक
पछि पछि लाग्ने राजकुमारहरू
फकाउन खोज्छन्
भड्काउन खोज्छन्
छुटाउन खोज्छन्
प्रेम-यात्रा भरिनै
प्रेमको जोडिलाई
प्रेमको मिलनलाई
मनै त हो
मन बाँध्न नसक्नेहरू
आफैलाई बिर्सी फुक्का हुन्छन्
रमाइलो मानी छाडा हुन्छन्
मृगतृष्णामा झुक्किन्छन्
बाटो बिराइ भट्किन्छन्
अनि अन्तिम मोड आउँछ
त्यहाँनेर सँगै हिँडिरहेको
सिधा सरल खुसीको
बाटो टुङ्गिन्छ
बढ्दैन त्यो यात्रा
बाटो दुईतिर फाट्छ
ऊ हिँड्छ पूर्वतिर
उनी हिँड्छिन् पश्चिमतिर
आ-आफ्नो मनमा कुरा खेलाउँदै
आ-आफ्नो आँसुले दुःख खसाल्दै
साथै बिताएका मीठा पल सम्झेर
छातीको पीडा छोप्न झुटो मुस्काउँदै
प्रेमको यात्रा
जुनसुकै बेला टुङ्गिन सक्छ
एक चोटिको जुनीमा
कहिल्यै न जुटने गरी
होस नपुर्याएमा
होस गुमाएमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवामा विश्वशान्तिको कामना गर्दै मनाइयो हनुमान् जयन्ती
-
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा