बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
गहुँखेतीले हेलम्बुमा हरियाली, तस्बिरहरू
फोटोफिचर

गहुँखेतीले हेलम्बुमा हरियाली, तस्बिरहरू

शनिबार, २३ चैत २०८१

सिन्धुपाल्चोक । गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। विश्वको मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँबाली नेपालमा हिउँदमा खेती गरिने सबैभन्दा महत्त्वपूर्ण बाली हो। 

wheat gahu kheti (1)

यो क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो। यसको खेती नेपालको तराई देखि उच्च पहाड सम्म गरिँदै आइएको छ। नेपालमा आर्थिक वर्ष २०७९/८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन उत्पादन भएको थियो । हाल नेपालमा गहुँको औसत उत्पादकत्व २.९९ मेट्रिक टन प्रति हेक्टर रहेको छ।

wheat gahu kheti (2)

नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन बढेको भए पनि गहुँ, गहुँको बिउ तथा गहुँजन्य वस्तुको आयात भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २ सय ७९ मेट्रिक टनको गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
wheat gahu kheti (3)

गत आर्थिक वर्षमा १० हजार १ सय १२ मेट्रिक टन गहुँजन्य वस्तुको आयात भएको थियो । सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै आर्थिक वर्ष २०७८–७९ मा २४ हजार ७ सय ८५ मेट्रिक टन वस्तु भित्रिएको छ । यसबापत १ अर्ब १६ करोड १६ लाख २६ रुपैयाँ बाहिरिएको छ ।

wheat gahu kheti (4)

यतिबेला सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका खेतहरू गहुँले हरियाली देखिएको छ । सो क्षेत्रको प्रमुख खाद्य बालीमा आलु, गहुँ, मकै र कोदो रहेको एक स्थानीयले बताए ।

wheat gahu kheti (5)wheat gahu kheti (6)wheat gahu kheti (7)wheat gahu kheti (8)wheat gahu kheti (9)wheat gahu kheti (10)wheat gahu kheti (11)wheat gahu kheti (12)wheat gahu kheti (13)wheat gahu kheti (14)wheat gahu kheti (15)wheat gahu kheti (16)wheat gahu kheti (17)

तस्बिर: नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया