‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’
_Q4SGnsK48N.jpg)
काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ परेका छन् । शुक्रबार राति प्रहरी हेपाली हाइटस्थित उनको निवासमा पुगेर पक्राउ गरेको हो ।
रातको समयमा प्रहरी निवासमा पुगेर रविलाई पक्राउ गरेकोमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले असन्तुष्टि पोखेका छन् । उनले प्रश्न गरेका छन्, ‘ लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’
उनले भनेका छन्, ‘रवि लामिछानेलाई गिरफ्तार गर्न प्रहरी लामिछाने निवासमा पुगेको समाचार आएका छन् । अदालतको आदेशको पालना र कार्यान्वयन हुनु पर्नेमा त कुनै द्विविधा छैन । तर, लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ? के टेक्स्ट र एक्सनमा हाम्रो सङ्गति कहिल्यै नहुने हो ?
यता पक्राउ पुर्जी नलिएरै प्रहरी लामिछानेलाई पक्राउ गर्न गएकोप्रति रास्वपाले पनि असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’, रास्वपाको भनाइ छ ।
शुक्रबार नै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा