स्पेनिस ला लिगामा इस्पानियोलको शानदार जित
शनिबार, २३ चैत २०८१, ०५ : ५९

काठमाडौं । स्पेनिस ला लिगामा ३० औं चरणका खेल सुरु हुँदा इस्पानियोलले शानदार जित निकालेको छ । शुक्रबार राती भएको खेलमा इस्पानियोलले रायो भायकानोलाई ४-० ले हराएको हो ।
इस्पानियोललाई जिताउन लिआंद्रो केबरेरा, रोबर्टो फर्नान्डिज र जाभी पुअदले एक-एक गोल गरे । इस्पानियोल अंक तालिकाको १५ औं स्थानमा छ भने रायो भायकानो ४० अंक बटुलेर आठौं स्थानमा छ ।
शीर्ष स्थानको बार्सिलोनाको ६६ अंक हुँदा ६३ अंकसहित रियाल मड्रिड दोस्रो स्थानमा छ । एटलेटिको मड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छ ।