जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले लियो थप अग्रता
शनिबार, २३ चैत २०८१, ०५ : ४५

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अग्रता थप बलियो पारेको छ । शुक्रबार राती भएको खेलमा आग्सबर्गलाई ३–१ ले हराउँदै अग्रता बलियो बनाएको हो ।
घरेलु मैदानमा आग्सबर्गले लिएको सुरुवाती अग्रता उल्ट्याउँदै बायर्नले खेल आफ्नो पक्षमा पार्यो । घरेलु टोलीका लागि दिमित्रियोस जियानोलिसले ३० औं मिनेटमा गोल गरेका थिए ।
बायर्नलाई जिताउन जमाल मुसियाला र ह्यारी केनले एक–एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पायो । इन्जुरी समयमा क्रिसलेन मत्सिमाले आत्मघाती गोल गरेका हुन् ।
यो जितपछि २८ खेलबाट बायर्नको ६८ अंक भएको छ । एक खेल कम खेलेको बायर लिभरकुजेनको ५९ अंक हो । यस्तै, तेस्रो स्थानको फ्र्यान्कफर्टको ४८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरी बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
-
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना जारी, तस्बिरहरू
-
आम्दानी नभएपछि चितवनका उद्योग बन्द
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?