बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्याय : आयोगका पदाधिकारी छनोट प्रक्रियामा सुझाव दिन आग्रह

शनिबार, २३ चैत २०८१, ०० : ५४
शनिबार, २३ चैत २०८१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनोट प्रक्रियाबारे आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिको बैठकले ती आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएको जनाएको छ । सोही निर्णयका आधारमा आप्ना राय सुझाव पठाउन आग्रह गरिएको समितिका प्रवक्ता डा. लीली थापाले जानकारी दिईन् । 

समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको जनाएको छ । मस्यौदामाथि चैत २६ गतेभित्र आफ्ना सुझाव पठाउन सकिने उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप