शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

घरमै प्रहरी पुगेपछि रविले भनेः भोलि लान सकिन्थ्यो

शुक्रबार, २२ चैत २०८१, २१ : ५३
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेसँगै रविलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । 

पक्राउ गर्न घरमै प्रहरी पुगेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक फेसबुक पेजबाट भिडियो सन्देश प्रसारण गर्दै गम्भीर आशंका सिर्जना गरेको बताएका छन् । 

भिडियोमा उनले भनेका छन्– घरमा प्रहरी आएको छ । समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज यतिबेलासम्म मलाई पूर्जी पनि दिइएको छैन, घरभित्र बेडरुममा आउनुभएको छ ।

मैले सार्वजनिक पनि गरिसकेको छु । उताबाट आदेशभन्दा पहिले यसरी तैनाथ हुने सबै चिजले ठूलो आशंका सिर्जना गरेको छ । मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु । कानुनलाई मानेको छु । पहिले पनि आफैँ उपस्थित हुन गएकै हुँ, अहिले पनि सार्वजनिक गरेको छु । तर, यो राज्य आतंक, यो धरकपड ममाथि के कारणले भैरहेको छ रु मैले बुझ्न सकेको छैन ।

उनले भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिन भनेका छन् । मलाई लागेको थियो केही कुरा भन्छु । जुन तरिकाले अहिले सामान्य अभ्यास भन्दा पर गएर जबर्जस्ती गर्ने कोसिस, बिना कागज....  छ होला ल्याउन पनि सकिन्छ होला । त्यो लिएर आएर भोलि लान सकिन्थ्यो । कागज बोकीवरि प्रक्रिया ... मेरा लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन । आतंकित बनाएर घरभित्र छिरेको छ । म यसै पनि गिरफ्तारी दिन्छु भनेर बसेकै छु ।

जेहोस् आम नागरिकले सबचिज हेरिरहेका छन् भन्ने विश्वास मलाई छ । न्यायको लडाइँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु । यहाँहरूले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।  मैले कुनै गल्ती, अपराध गरेको छैन । तर संसारकै ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेको विश्वास छ ।

धेरै केही भन्दिनँ, सम्मानित अदालतप्रति अझैं आशा र भरोसा राखेको छु । कानुनी प्रक्रियामा सघाउन लागिपरेको छु । दुनियाँका जति पनि अदालतका ढोकाहरू छन्, ती सबै ढक्ढकाउँछु आफ्नो न्यायका लागि ।

लामिछानेलाई केन्द्रिय अनुसन्धान व्यूरोका एसपी सुधिरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट नेतृत्वको प्रहरी टोली पक्राउ गर्न उनको घरमा पुगेका थिए । 

शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । 
उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका हुन् । 

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप