मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रुपन्देही प्रहरी भन्छः अदालतको पत्र पाएपछि मात्रै रविलाई पक्राउ गर्छौं

शुक्रबार, २२ चैत २०८१, २१ : १६
शुक्रबार, २२ चैत २०८१

बुटवल । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आज लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालतको औपचारीक पत्र आएपछि प्रकाउ गर्ने रणनीति बनाएको छ ।

जिल्ला प्रहरी कार्यलय रुपन्देही डिएसपी एवं प्रवत्ता सुरज कार्कीले उच्च अदालत तुलसीपुर बुटवलको आदेश जिल्ला हुँदै प्रहरी कार्यलयमा औपचारीक रुपमा आएपछि प्रकाउ गर्ने योजना रहेको रातोपाटीलाई बताए ।

उनले भने अहिले अदालतको आदेश हामीसँग आएको छैन, उच्च आदेश जिल्ला अदालत हुँदै आउने हो त्यसपछि हामीले प्रकाउ गर्नेछौं ।

भोली शनिवार र आइतबार सार्वजनिक विदा भएकोले सोमवारसम्म आदेश प्रहरी कार्यलयमा औपचारिक रूपमा आउने अनुमान प्रहरीको छ । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो ।  सो मुद्दामा उच्चमा बिहीबारदेखि बहस सुरु भएको थियो । 

यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।

लामिछानेले एक करोड धरौटी खारेजी र साधारणा तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।  

यसैगरी सरकारी वकिलको कार्यालयले भने फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप