ममाथि ठुलो अन्याय भएको छः रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि ठुलो अन्याय भएको बताएका छन् । शुक्रबार पक्राउ पर्नुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
‘ न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु’, उनले फेसबुकमा भनेका छन्, ‘ ममाथि ठुलो अन्याय भएको छ ।’
उनले आफैँले गिरफ्तारी दिन लागेको समेत बताएका थिए । तर, प्रहरी उनलाई नियन्त्रणमा लिन शुक्रबार राति नै निवासमै पुगेको थियो । सोहीअनुसार उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको हो ।
लामिछानेले एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।
यसैगरी सरकारी वकिलको कार्यालयले फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो
-
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?