मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
भूकम्प

जाजरकोटमा ३ मिनेटको अन्तरमा लगातार दुई भूकम्प

शुक्रबार, २२ चैत २०८१, २० : २६
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप