शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल मोबाइल वितरक संघको अध्यक्षमा रघु त्रिपाठी

शुक्रबार, २२ चैत २०८१, २० : ०५
शुक्रबार, २२ चैत २०८१

काठमाडौं । नेपाल मोबाइल वितरक संघ अध्यक्षमा रघु त्रिपाठी निर्वाचित भएका छन् । नगरकोटमा शुक्रबार सम्पन्न संघको तेस्रो महाधिवेशनले त्रिपाठीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 

संघमा उनीसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा रामनारायण दास, महासचिव बाल नरसिंह कुँवर, सचिव नवीन बाँस्तोला,  कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष विनोद केसी छन् । 

त्यसैगरी, सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत तथा निशान्त कुमार अग्रवाल चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप