शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालको प्रयोगशालाको प्रमाणपत्रलाई भारतद्वारा मान्यता, थप वस्तु निर्यात गर्न सहज

शुक्रबार, २२ चैत २०८१, २० : ०२
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको खाद्य नमूना परीक्षणलाई मान्यता दिएको छ । योसँगै नेपालबाट भारतमा थप वस्तुहरू निर्यातका लागि बाटो खुलेको हो ।

अब प्रयोगशालाले प्रदान गरेको मूल्यांकन सर्टिफिकेटलाई खाद्य निर्यातका लागि भारतको सम्बन्धित निकायले स्वीकार गर्नेछ । यो निर्णयपछि भारतमा जुस, जाम, जेली अचार, चक्लेट, ताजा फलफूल, तरकारी र तयारी चाउचाउ निर्यातका लागि सहज हुनेछ ।

यसले नेपालको निर्यातलाई बढवा मिल्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप