ओली र मोदी भेटबारे शंकरः दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार भएको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको भेटवार्ताप्रति उत्साह प्रकट गरेका छन् । उनले आजको भेटलाई दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त भएको बताएका छन् ।
छिमेकीहरू बिचको परस्परको विश्वास, समझदारी, र सहकार्यका माध्यमबाट क्षेत्रीय शान्ति र त्यसका माध्यमबाट आर्थिक समृद्धि अबको बाटो हो भन्ने कुराले नै भविष्यमा एसिया पुनः विश्व सभ्यताको केन्द्र बन्न सफल हुने जिकिर गरेका छन् । उनले दुवै देशका प्रधानमन्त्रीलाई बधाई पनि दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल र भारतका प्रधानमन्त्री बिचको संवाद र संवादपछि दुवै देशका प्रधानमन्त्रीहरूको सकारात्मक र उत्साहप्रद प्रतिक्रिया । बधाई छ दुवै देशका अनुभवी प्रधानमन्त्रीहरूलाई ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक