हजारबाट व्यवसाय सुरु गरेकी लक्ष्मीको कारोबार लाखौँ
गुल्मी– १० वर्ष अघि गुल्मीको लुम्छा वजारमा जम्मा दुई हजारबाट चियाको कित्ली बसाल्न सुरु गरेकी लक्ष्मी पन्तले यस अवधिमा ५० लाखभन्दा बढी कमाइसकेकी छन् ।
अहिले उनको चिया पसल होटलमा परिणत भई मासिक लाखौँ कारोवार गर्ने भएको छ ।
‘२०६५ सालमा जम्मा दुई हजारबाट चिया पसल सुरु गरेकी हुँ’–पन्थले भनिन्– ‘अहिलेसम्मको कमाईले हाल ४० लाख पर्ने बुटवलमा एउटा घडेरी र हालै अर्को घडेरी किनेकी छु ।’
उनले विभिन्न वचत समुहसँग आवद्ध भई ऋण लगानी गरी दिएकोले आफु यो स्थानसम्म आई पुगेको बताइन् । पछिल्लो चरण २०७२ सालदेखि स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले आवश्यक मात्रामा ऋण दिएको र त्यसबाटै ब्यवसाय बढाउदै लगेर वुटवलमा दुईवटा घडेरी किन्न सफल भएको उनले सुनाइन् ।
श्रीमान, दुई छोराछोरीसहित होटल सञ्चालन गरेकी पन्थले दुवै छोरा छोरीलाई पसलकै कमाइबाट उच्च शिक्षा अध्ययन गराएकी छन् ।
‘कुनै दिन समूहको ऋण तिर्न नसकेर थाल खाउँ की भात खाउँ समेत भइयो,’ उनले विगतलाई स्मरण गर्दै भनिन् ‘अहिले बैंक ब्यालेन्स र अन्य सवै कुरा राम्रै छ ।’
सुनसरी–८ ईटहरीमा प्रधान कार्यालय रहेको सो संस्थाले गुल्मीमा दिगाम शाखा स्थापना गरेपछि हालसम्म छत्रकोट र रुरु गाउँपालिका भित्रका पन्थ जस्ता ६० जना महिलालाई, कृषि, पशुपालन र अन्य ब्यवसायमा समूह गठन गरेर मासिक वचत र ऋण लगानी गर्न थालेपछि महिलाहरुलाई आत्मानिर्भर बनाएको हो ।
रुरु गाउँपालिका वलेटक्सार पानी ट्याङकी निवासी मिना नेपालीका श्रीमान अमर नेपालीलाई दलालले रसियामा राम्रो रोजगार मिलाइदिने भन्दै पठायो । तर, नेपालीले भनेजस्तो काम नपाएर दुई महिनामै त्यहाँबाट फर्किनुप¥यो ।
त्यसबाट ८ लाख ऋणको भारीले पिल्सिएकी उनले सोही संस्थाबाट ऋण लगानी पाएपछि पसल सञ्चालन गरिन् र श्रीमानलाई वंगुर पालनमा लगाइन् ।
२०७१ सालदेखि हालसम्म उनीहरुले त्यो आठ लाख ऋण तिरीसकेर व्यवसाय उक्साउँदै लगेका छन् ।
महिलाहरु पनि व्यवसायमा सफल भएको देखेपछि आफु पनि छोरा छोरीको भविश्यका लागि छत्रकोट–४ की कमला अर्याल पनि हालै त्यस संस्थामा सहभागी भएको बताइन् ।
छत्रकोट १ हुँगाकी टोपला सारुले अहिले त्यस संस्थामा आबद्ध महिलाहरु आफैले घर चलाउन सक्ने अवस्थामा पुगेको बताइन् । संस्थाले दिगाम शाखामा बुधवार गरेको गोष्ठीमा सहभागी सवै महिलाहरुले आफुहरु कृषि, पशुपालन र विभिन्न ब्यवसायबाट आत्मनिर्भर भइसकेको बताए ।
कार्यक्रमको अध्यक्षता गरेकी छत्रकोट ४ की राधिका कँडेलले आर्थिक रुपले मात्र आफुहरु अगाडी नभएर चेतनाको दृष्टिले समेत अगाडी रहेको बताईन् ।
सो शाखा प्रमुख हेमराज अवस्थीले आफु सुरुमा आउदा यहाँका महिलाको अवस्था र अहिलेकोमा धेरै अन्तर भएको बताए । सो संस्थाका केन्द्रीय प्रतिनिधी दिपक काउचाले देशका ४७ जिल्लामा शाखा स्थापना भई यस्ता कार्यहरुको भई रहेको बताए ।
उनले गुल्मीको दिगाम शाखामा मात्र दुई करोड भन्दा बढि ऋण लगानी भई सकेको र महिलाहरुले हाल सम्म ७३ लाख बचत गरी सकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब