‘अन दि जब’ ट्रेनिङमा पठाउन सिभी राइटिङ कार्यशालाको आयोजना

काठमाडौँ । सिप मेलाबाट अटोमोबाइल्स विधामा सिप सिकेका ८ जना प्रशिक्षार्थीहरुलाई सिजी मोटर्सले ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने भएको छ । गतवर्ष सिप मेलामा सहभागी प्रशिक्षार्थीमध्ये ८ जनालाई सिजी मोटर्सले अन द जब ट्रेनिङ् प्रदान गर्ने भएको हो ।
ट्रेनिङमा जानेले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् । यसका लागि आज काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउन्डेसन र सिजी मोटर्स बिच सम्झौता भएको छ । सम्झौतामा महानगरपालिका सामाजिक विकास प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र मोटर्सका कार्यकारी निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता आगामी ६ महिनाका लागि हुनेछ ।
महानगरपालिकाले अन द जब ट्रेनिङ् साझेदारका रुपमा फाउन्डेसनसँग यसअघि नै सम्झौता गरिसकेको छ । महानगरपालिका र फाउन्डेसनले प्रशिक्षार्थी छनोट गर्ने र आधारभूत तालिम प्रदान गर्दै आएका छन् । यसरी छानेर पठाइएका प्रशिक्षार्थीहरुलाई सिजी मोटर्सले सुपरभाइजर वा प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गर्नेछन् ।
महानगरपालिकाले तालिमको प्रभावकारिताका लागि निरीक्षण गर्ने, आपसी संवाद र मूल्याङ्कन गर्नेछ । फाउन्डेसनले महानगरपालिकासँगको सहकार्यमा प्रशिक्षार्थी छनोट गर्ने, छानिएका प्रशिक्षार्थीलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । बाँकी पारिश्रमिक मोटर्सले उपलब्ध गराउनेछ । फाउन्डेसनले तालिमको प्रतिवेदन तयार पारेर महानगरपालिकालाई उपलब्ध गराउनेछ ।
ट्रेनिङमा पठाउने प्रक्रियाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘ट्रेनिङमा जान इच्छुकमध्ये ३० जनालाई सिभी राइटिङको कार्यशाला गरेर व्यक्तिगत विवरण बनाउन सिकायौँ । उनीहरुले बनाएको सिभी सिजी मोटर्समा पठाइएको र तीमध्ये २० जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । अन्तर्वार्ता दिएकामध्ये १० जनालाई ट्रेनिङका लागि बोलाइएकोमा ८ जनाले स्वीकार गरेका थिए ।
सिप मेलाबाट अटोमोबाइल क्षेत्रमा स्नातक भएका १ सय जना प्रशिक्षार्थीमध्ये २० जना प्रशिक्षार्थीले आफ्नै प्रयासबाट रोजगार पाएका छन् । ३ जना स्वरोजगार भएका छन् भने ५१ जना प्रशिक्षार्थी अन–द–जब तालिममा रुचि राखेकाले उनीहरुलाई सिभी लेखन कार्यशालामार्फत व्यक्तिगत विवरण तयार गर्न लगाइएको हो ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाकाअनुसार कार्यशालामा सहभागी ३० जना प्रशिक्षार्थीका व्यक्तिगत विवरण विवाइडी।, सिजी मोटर्स, हुन्डाइ (लक्ष्मी ग्रुप), भि जी, मोटर्स, सिप्रदी (टाटा मोटर्स), दीपल अटोमोबाइल्स, स्याकार ट्रेडिङ् इन्टरप्राइजेज र थी गो (दिगो)लाई पठाइएको थियो ।
यसरी पठाइएका सिभीमध्येबाट सिजी मोटर्सले २० जना प्रशिक्षार्थीलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो । २ दिन लिइएको अन्तर्वार्ताबाट १० जना प्रशिक्षार्थीहरू अन दि जब तालिमका लागि छनोट भएका हुन् जसमध्ये २ जना प्रशिक्षार्थीहरू तालिममा सहभागी हुन नसक्ने भएकाले ८ जना प्रशिक्षार्थीले यो अवसर पाएका छन् ।
यसैगरी थि गो (दिगो)ले ६ जना प्रशिक्षार्थीहरू छनोट गरेको छ । छानिएका प्रशिक्षार्थीहरुलाई अन्तर्वार्ताका लागि पठाइ सकिएको र अब त्रिपक्षीय सम्झौता गरेर तालिममा पठाइने बताइएको छ ।
सिप मेला
महानगरपालिकाले गतवर्ष विश्व श्रमिक दिवस २०८१ ९वैशाख १९० को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको थियो । १० वटा विधाका ३० पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका छन् ।
तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । २ दिन चलेको मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधिले सिपयुक्त जनशक्तिसँग भेटेर कुराकानीसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन