सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

‘जलाकी’को छायांकन  बागलुङबाट सुरू

शुक्रबार, २२ चैत २०८१, १९ : १९
शुक्रबार, २२ चैत २०८१

काठमाडौं  । फिल्म ‘जलाकी’ को छायांकन सुरू भएको छ । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्म बागलुङको कालिका भगवती मन्दिरबाट छायांकन सुरू गरेको हो । फिल्मका निर्देशक अशोक थापा मगर हुन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन, आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ ।

कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामासमेत छायांकन गरिने फिल्म एम मिडिया प्रालिको व्यानरमा बन्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप