सम्पूर्ण करार कर्मचारीलाई स्थायी गर्न सरकारसँग प्रभु साहको माग

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग तलो तह र श्रेणिविहीन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै भने, ‘तलो तह र श्रेणिविहीन करारमा काम गर्ने कर्मचारीको वृद्धिविकास र पेन्सन किन रोक्नु भयो ?’ सरकारले ती कर्मचारीको वृद्धिविकास लगायतका सेवा सुविधा रोकेको आरोप उनले लगाए ।
‘अन्य कर्मचारीको वृद्धिविकास, ग्रेड बढुवा हुने, स्तर वृद्धि हुने, पेन्सन पाउने तर तलो तहमा काम गर्ने श्रेणी विहिन करार कर्मचारीले यी सुविधानहरु किन नपाउने ? सरकारले यी कर्मचारीलाई किन हेपेर, पेलेर राखेको छ ?, काम गराउने तर सेवा सुविधाबाट बञ्चित गर्न कसरी मिल्छ ?’ आजपा अध्यक्ष साहले भने । उनले यी कर्मचारीलाई हेप्ने, पेल्ने दृष्टिबाट सरकार मुक्त भई सेवा सुविधा अन्य कर्मचारी जस्तै दिनुपर्ने माग समेत गरे ।
उनले चालक, माली, कार्यालय सहयोगी सहितका तलो तह र श्रेणी विहीन करार कर्मचारीहरूलाई सरकारले यथाशीघ्र स्थायी गरी अन्य कर्मचारी जस्तै सबै सेवा सुविधा दिनुपर्ने जोडदार रूपमा माग गरे । सरकारले यथाशीघ्र आफूहरूको माग सुनुवाइ नगरे त्यसका लागि जस्तोसुकै संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ