गण्डकी प्रदेश
गण्डकीको योजना आयोगमा रिजाल र लामिछाने नियुक्त
शुक्रबार, २२ चैत २०८१, १७ : ४७

पोखरा । गण्डकीको नीति तथा योजना आयोगको सदस्यमा दुई जना नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा.योगेन्द्र रिजाल र दुर्गा लामिछानेलाई नियुक्त गरेको हो ।
रिजाल एमालेको कोटाबाट नियुक्त भए भने लामिछानेले कांग्रेस कोटाबाट नियुक्ति पाएका छन् । यसअघि चैत १७ गते दुई जना सदस्यले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएका थिए।
एमालेको दबाबमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेसपा (नयाँ शक्ति) की माया तिम्सिना र राप्रपाका दीपक भण्डारीलाई राजीनामा दिन लगाएका हुन् ।