बुद्धि बिग्रिएकाहरूले सक्रिय राजसंस्थाको कुरा गर्छन्: राप्रपा उपाध्यक्ष
शुक्रबार, २२ चैत २०८१, १७ : ४२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरूले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गरेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरू मानसिक रूपमा ठिक नभएको टिप्पणी गरेका हुन् ।
अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको उनले बताए । गणतन्त्रवादी दलहरूले राजामा भूत देखेका कारण फोटो देखे पनि तर्सिने गरेको उनको भनाइ छ । उनले आफूहरू स्पष्ट रूपमा अभिभावकको रूपमा राजसंस्था राख्ने एजेन्डा बोकेको कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गरे ।
उनले कुनै पनि आन्दोलनलाई सामान्य रूपमा लिन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा