बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरिएको दाबी

शुक्रबार, २२ चैत २०८१, १५ : ००
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरू हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयनमा चुनौती भएको बताएका छन् । 

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी प्रमुख थापाले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका आन्दोलनकारीहरू अराजक र हिंसात्मक तरिकाले अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको बताए । 

उनले प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको दाबी गरे। स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उनको भनाइ थियो । 

उनले चैत १५ गते नै १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको बताए । अन्यमाथि राजद्रोह र उपद्रो अपराधमा अनुसन्धान भइरहेकोको उल्लेख गरे । प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा २ जनाको मृत्यु भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप