शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

वायु प्रदूषण कम गर्न काठमाडौँ महानगरको ९ बुँदे अपिल

शुक्रबार, २२ चैत २०८१, १६ : ३६
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनयता काठमाडौँ उपत्यका लगायत देशैभर वायु प्रदूषण बढ्ने क्रममा रहेको बताउँदै जोखिम न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ । महानगरपालिकाले शुक्रवार सर्वसाधारणका लागि ९ बुँदे अपिल जारी गरेको हो ।

महानगरपालिकाले नियमित रूपमा आफ्ना सवारी साधन मर्मत गर्न, खुल्ला रूपमा  आगो बाल्ने कार्य नगर्न, प्लास्टिकजन्य सामाग्री नजलाउन, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्न, व्यक्तिगत सुरक्षाका लागि मास्क प्रयोग गर्न अपिलमा आग्रह गरेको छ । 

महानगरपालिकाले प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर काम गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।   

ktm-mahanagar

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप