युनुससँगको कुराकानीमा मोदीले उठाए हिन्दूहरूको सुरक्षाको मुद्दा

बैंकक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार थाइल्याण्डमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग भेट गरेका छन् । यस क्रममा मोदीले बंगलादेशमा हिन्दू लगायत अल्पसंख्यकहरूको सुरक्षाको बारेमा भारतको चिन्तालाई जोड दिएका थिए ।
‘प्रधानमन्त्री मोदीले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण, प्रगतिशील र समावेशी बंगलादेशको लागि भारतको समर्थन दोहोर्याए,’ बैठकको बारेमा जानकारी दिँदै विदेश सचिव विक्रम मिश्रीले भने ।
मिश्रीका अनुसार मोदीले बंगलादेशसँग सकारात्मक र रचनात्मक सम्बन्ध निर्माण गर्ने भारतको इच्छा व्यक्त गरेका छन् । वातावरण बिगार्ने कुनै पनि बयानबाजीबाट बच्न पनि मोदीले युनुसलाई आग्रह गरेको बताइएको छ । मिश्रीका अनुसार मोदीले युनुससमक्ष सीमा सुरक्षाको मुद्दा पनि उठाएका छन् । सीमामा सुरक्षा कायम राख्न कानूनको कडाइका साथ कार्यान्वयन र अवैध सीमा पार गर्ने कार्य रोक्न आवश्यक रहेको उनले बताए ।
‘प्रधानमन्त्रीले बंगलादेशमा हिन्दू लगायत अल्पसंख्यकहरूको सुरक्षाप्रति भारतको चिन्तालाई पनि जोड दिनुभयो’ मिश्रीले भनेका छन् ।