जनमतका उपाध्यक्ष साहलाई ६ महिना निलम्बन, पत्रमा के छ ?

काठमाडौँ । जनमत पार्टीले उपाध्यक्ष दिपककुमार साहलाई निलम्बन गरेको छ । जनमत पार्टीले साहलाई ६ महिनाका लागि निलम्बन गरेको पार्टी प्रवक्ता शरदसिंह यादवले बताए ।
पार्टी अनुशासन विपरीत कार्य गरेको आरोप लगाउँदै पार्टीले सोधेको स्पष्टीकरणको समेत चित्तबुझ्दो जवाफ नदिएका कारण निलम्बन गर्नुपरेको सो पार्टीले जनाएको छ ।
‘स्पष्टीकरण सोध्ने बित्तिकै मलाई स्पष्टीकरण सोध्ने भन्दै तपाईँ) सबै ऐन कानूनभन्दा माथि कुनै राजा/महाराज भएजस्तो आचरण देखाउनुभयो । फेसबुकसहितका सामाजिक सञ्जालमा पार्टी र अध्यक्षविरुद्ध लेख्न लगाउनुभयो । सामाजिक सञ्जालमा विरोधीहरूले देखेको कुरालाई आफैँलाई नोट लेख्दै त्यस्तो काम गर्नेलाई धन्यवाद दिँदै शेयर गर्नुभयो’, उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्रप्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलले लेखेको पत्रमा भनिएको छ ।
पत्रमा आचरण नसुध्रे थप कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा