शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

डिफेन्डर टार्कोवस्कीलाई ज्यान मार्ने धम्की, एभर्टनद्वारा निन्दा

शुक्रबार, २२ चैत २०८१, १६ : ००
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले आफ्ना डिफेन्डर जेम्स टार्कोवस्की र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै त्यसको निन्दा गरेको छ । एभर्टनले सामाजिक सञ्जालमार्फत यस्तो धम्की दिइएको जनाएको छ । 

एभर्टन र लिभरपुलबिच बुधबार खेलिएको प्रिमियर लिगअन्तर्गतको खेलका क्रममा डिफेन्डर जेम्स टार्कोवस्कीले गरेको खतरनाक ट्याकलको विषयलाई लिएर उनलाई धम्की आएको समाचारमा जनाइएको छ । उक्त खेलमा लिभरपुल १–० गोलले विजयी भएको थियो । 

उक्त खेलमा टार्कोवस्कीले लिभरपुलका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई ट्याकल गरेका थिए । ‘खेलका क्रममा भएको घटनालाई लिएर टार्कोवस्की र उनको परिवारलाई ज्यान मार्ने धम्की दिइनु सर्वथा गलत हो । हामी यसप्रति सचेत छौँ,’ एभर्टनले भनेको छ । 

टार्कोवस्की र उनकी पत्नि सामन्थाको सुरक्षाको विषयलाई लिएर आफूहरु चिन्तित रहेको पनि क्लबले जनाएको छ । ‘कृपया, खेललाई खेल नै रहन दिनुस् यसलाई युद्धको रुपमा परिभाषित गर्ने प्रयास नगर्नुस्,’ क्लबले भनेको छ । 

टार्कोवस्कीकी पत्नि सामन्थाले पनि ज्यान मार्ने धम्की आएपछि आफूहरु निकै चिन्तित बनेको बताएकी छन् । ‘यो स्तरको गतिविधि निकै निन्दनीय छ । टार्कोवस्की फुटबल खेलाडीमात्र होइनन् । उनी कसैका छोरा हुन् र कसैका पति पनि हुन् । कृपया, हामीलाई शान्तीपूर्वक बाँच्न दिनुस्,’ उनले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप