शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिफ्टिन्स रग्वी च्याम्पियनसिपको आगामी संस्करण चैत २७ गतेदेखि

शुक्रबार, २२ चैत २०८१, १५ : २२
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । नेपाल रग्बी संघले ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप’ को आगामी संस्करण चैत २७ देखि वैशाख २ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिता ललितपुरस्थित च्यासल रंगशालामा सञ्चालन हुने संघले जनाएको छ । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्वी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबको सहभागिता रहने जानकारी नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरेले दिए । सहभागी क्लबहरुले एक महिना अघिदेखि नै प्रशिक्षण सुरु गरिसकेको जानकारी पनि उनले दिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न तथा म्याच रेफ्रीमा श्रीलंकाकै सुरंगा अरुणा थालगालागे र नेपालका प्रेमबहादुर कोइराला रहने बताइएको छ । प्रतियोगिताका खेलहरु लिगका आधारमा खेलाइने छ ।

अघिल्लो संस्करणदेखि यो प्रतियोगिताको ट्रफीलाई रनिङ ट्रफीको रुपमा सञ्चालन गरिएको छ । अघिल्लो संस्करणको उपाधि गोर्खाली रग्वी क्लबले जितेको थियो । यसपटक प्रतियोगितामा सहभागी हुने चारवटै क्लबलाई तयारीका लागि जनही तीन लाख रुपैयाँ उपलब्ध गराइएको संघले जनाएको छ ।

यसैगरी, प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि तीन लाख रुपैयाँ बराबरको विमा पनि गरिएको संघले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । 

उपविजेता टोलीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

२०८२ साल वैशाख २० देखि २२ गतेसम्म नेपालमै आयोजना हुने नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्वी सिरिजका लागि पनि यही प्रतियोगितामार्फत नेपाली टोलीको छनोट गरिने संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप