शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
अपडेट

राजावादी आन्दोलनका संयोजकलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइयो : आयोग

शुक्रबार, २२ चैत २०८१, १५ : १४
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइएको जनाएको छ । 

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई विना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको जनाएको हो । 

शुक्रबार आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका सुवेदीलाई भेटेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । 

त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको उनको भनाइ छ । 

आयोगले चैत १५ मा भएको तीनकुने घटनाका सम्बन्धमा छानबिन/अनुसन्धान कार्य जारी रहेको भन्दै आवश्यक सहयोग पुर्‍याउनसम्बद्ध सबैलाई आग्रह समेत गरेको छ । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप