म्यानचेस्टर सिटी छाडेर साउदी जाने तयारीमा बेल्जियन मिडफिल्डर केभिन डे ब्रुन

काठमाडौँ । बेल्जियमका प्रभावशाली मिडफिल्डर केभिन डे ब्रुनले साउदी व्यवसायिक लिगको दोस्रो डिभिजनको क्लब निओम एससीमा आबद्ध हुने योजना बनाएका छन् । ३३ वर्षीय डे ब्रुन हाल इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध छन् ।
म्यानचेस्टर सिटीसँग उनको सम्झौता आगामी जुनमा समाप्त हुँदैछ । उनले आफू साउदी क्लबमा आबद्ध हुन तयार रहेको बताएका छन् । उनी म्यानचेस्टर सिटीसँग सम्झौता नविकरण गर्न सहमत देखिएका छेनन् ।
जारी सिजनको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । यो सिजन म्यानचेस्टर सिटी अंक तालिकामा शीर्ष चारभित्र पर्दै च्याम्पियन्स लिगमा छनोट हुन सँघर्षरत देखिएको छ । म्यानचेस्टर सिटी हाल ३० खेलबाट ५१ अंक बटुल्दै तालिकाको पाँचौँ स्थानमा छ ।
डे ब्रुन सन् २०१५ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । चोटको समस्याका कारण उनी यो सिजन पटक–पटक टोलीबाट बाहिर रहँदै आएका छन् । प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीमा नअटाएपछि डे ब्रुनको प्रदर्शन पनि खस्किएको छ ।
पछिल्लो समय साउदी व्यवसायिक लिगका अतिरिक्त अमेरिकी व्यवसायिक लिग क्लबले पनि डे ब्रुनलाई भित्राउन चासो देखाएको समाचारमा जनाइएको छ । प्रशिक्षक ग्वार्डिओलाले भने सम्झौता नविकरणको विषय खेलाडी र क्लबबिच सिमित हुने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा