शिक्षक आन्दोलन
कार्यवाहक प्रधानमन्त्रीले बोलाएको वार्तामा शिक्षकहरू नजाने
शुक्रबार, २२ चैत २०८१, १४ : ४८

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा विभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरू नजाने भएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन बजे आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
त्यो वार्तामा आफूहरू नजाने विद्यालय कर्मचारी परिषद् अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । ‘हामी उहाँले बोलाएको छलफलमा जाँदैनौ,’ तिवारीले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीसँग बाहेक अरूसँग वार्ता गर्दैनौँ ।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु