शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

म आफैँ आन्दोलनमा छुः अध्यक्ष केसी

शुक्रबार, २२ चैत २०८१, १४ : ४८
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोनमै रहेको बताएका छन् । 

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताए । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ ।

उनले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताए । उनले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताए । 

उनले आन्दोलन  प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताए । उनले तीनकुने घट्नाले  लोकतन्त्रण र गणतन्त्र सुरक्षित नगरेको संकेत गरेको उल्लेख गर्दै सबैले चनाखो हुनुपर्ने टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप