सिरियामा इजरायली आक्रमणको निन्दा
शुक्रबार, २२ चैत २०८१, १४ : १४

न्युयोर्क । सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रुपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गरेका छन् ।
उनले मानवता विरोधी कार्यको विरोध गर्दै आक्रमणका कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताए । त्यस्ता क्रियाकलापले यस क्षेत्रको शान्ति तथा नयाँ सिरिया निर्माण प्रयासलाई कमजोर बनाई संवेदनशील समयमा सिरियालाई अस्थिर बनाउने पेडरसनले विज्ञप्तिमार्फत जनाएका छन् ।
विशेष दूतले इजरायललाई यस्ता आक्रमणहरू रोक्न आह्वान गर्दै यस्ता आक्रमणले अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै सिरियाको सार्वभौमिकता र विद्यमान सम्झौताहरूको सम्मान गर्न एकपक्षीय आक्रमण रोक्न आह्वान गरेका हुन् ।
सम्बन्धित पक्षलाई सुरक्षा सुनिश्चित गरी थप तनाव रोक्न कूटनीतिक समाधान र संवादलाई प्राथमिकता दिनसमेत विशेष दूतको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म