मैले खोजेको क्यारेक्टर ‘पिताम्बर’ पाँए– अभिनेत्री सुपुष्पा

काठमाडौं । ‘पिताम्बर’ चैत २९ गतेबाट रिलिज हुने फिल्म हो । फिल्म एक्सन कथामा निर्माण भएको छ । फिल्ममा अभिनेत्रीको रुपमा सुपुष्पा भट्ट रहेकी छन् ।
‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी भट्टको केही अगाडि ‘फेरि रेशम फिलिली’ रिलिज भएको थियो । फिल्म अभिनयबाट उनले राम्रो चर्चा पाएकी थिइन् । ‘पिताम्बर’मा आफ्नो चरित्र अन्य फिल्मको भन्दा केही फरक रहेको उनले बताइन् ।
‘फिल्ममा मेरो ‘बिहानी’ नामको चरित्र छ । बिहानी विधवा छे र इनोनसेन्ट छे’, उनले भनिन् ‘बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।’ आफुले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा भएको उनको धारणा छ ।
सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन बेसमा नै थियो । ‘रणवीर र पिताम्बरको जनरा एउटै भएपनि कथा फरक छ । मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनी थप्छिन् ।
सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेकी रहिछन् । ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदोरहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ । यो फिल्ममा काम गरेपछि मैले केही बुझें । अहिले त महिलाहरुले आफ्नो स्ट्याण्ड लिनुभएको छ । उहाँहरुमाथि पनि आइरहनुभएको छ’, उनी भन्छिन् ।
उनी मल्टिस्टार फिल्म ‘पिताम्बर’मा जोडिन पाउँदा आफूलाई भाग्यशाली ठान्छिन् । ‘काममा प्रेसर चाहिँ हुँदोरहेछ । सबै कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ । मेरो अभिनय चाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर थियो । आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ ।’
सुपुष्पालाई अब आफैले एक्सन गर्ने फिलम अभिनय गर्ने मन छ । उनको यो पहिलोदेखि कै इच्छा हो । ‘त्यस्तो फिल्मको अफर आयो भनेर स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु’ उनी भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक