बिहीबार, २८ चैत २०८१
ताजालोकप्रिय

चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

शुक्रबार, २२ चैत २०८१, १४ : ०६
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । नेपाली चलचित्र ‘झिल्को’ को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको शब्द, दीपक शर्माको सङ्गीत, र शाहिमा श्रेष्ठको स्वर छ । 

गीतको भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य देख्न सकिन्छ । उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेका छन् । भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले चलचित्रको कथाको गम्भीरतालाई दर्साइरहेको छ ।

आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागरको कथामा बनेको हो ।

यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरू बिचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको छ ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै भट्टराईले यसअघि ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए । फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय छ ।

छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठको रहेको फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा.लि.को प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप