गभर्नरको पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् ।
उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए ।
उनले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको भन्दै यसको स्वायत्ततालाई जोगाउन सहयोग गरेको भन्दै सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ताप्रति धन्यवाद समेत दिए ।
उनले आफ्नो कार्यकालभरमा सहयोग गर्ने राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर, वर्तमान डेपुटी गभर्नर, अवकाशप्राप्त गरेका कार्यकारी निर्देशक तथा कर्मचारी, वर्तमान कार्यकारी निर्देशक तथा कर्मचारी र सञ्चार जगतलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : ‘सरकारले झुक्यायो, अब सडकले निष्कर्ष निकाल्छ’
-
रुसको ठुलो आक्रमणपछि जेलेन्स्कीमाथि फेरि खनिए ट्रम्प
-
वार्ताको माध्यमबाट शिक्षकहरुको समस्या यथाशीघ्र समाधान गर्न आयोगको आग्रह
-
सम्बन्ध विच्छेदको अफवाहबारे यसो भन्छिन् गोविन्दाकी श्रीमति सुनिता
-
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ
-
एक करोडको अक्षयकोष स्थापना घोषणा