शिवम् सिमेन्टलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले कर्पोरेट एक्सिलेन्सी अवार्ड प्राप्त गरेको छ। काठमाडौंमा आयोजित ISHWORIAL 17th Corporate Business Award 2025 कार्यक्रममा कम्पनीलाई सम्मान गरिएको हो।
सिमेन्टले गुणस्तर र व्यवस्थापनमा उच्च मानक कायम गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ। यसअघि कम्पनीले NS Quality Award-2019, Energy and Environment Efficiency Awards-2019, Best Managed Company of the Year-2022, Outstanding International Leadership Achievers Award-2023 (दुबई), महात्मा गान्धी राष्ट्रिय अभिनन्दन पुरस्कार-2023 (भारत), Organization Sales Excellence Award-2023, तथा 'Awards for Corporate Excellence-2024' (Manufacturing Category) लगायतका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ।
शिवम् सिमेन्टले ५३ ग्रेड र ४३ ग्रेडका ओ.पी.सी. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। नेपालकै केन्द्र भागमा स्थापित यस उद्योगले अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरको सिमेन्ट उत्पादन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव