नागढुंगा सुरुङमार्ग निर्माणको काम २० दिनदेखि ठप्प
शुक्रबार, २२ चैत २०८१, १२ : ५०

काठमाडौँ । स्थानीयको अवरोध पश्चात् निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको काम प्रभावित बनेको छ । बितेको २० दिनदेखि निर्माण कार्य ठप्प भएको हो ।
स्थानीय बासिन्दाहरूले विभिन्न राख्दै समय समयमा निर्माण कार्य रोक्ने गरेका छन् । पुराना मागहरूको सम्बोधन नभएको भन्दै उनीहरूले चैत ३ गतेदेखि काम अवरुद्ध गरेका हुन् ।
अहिले काठमाडौँ र धादिङ दुवै छेउमा निर्माण रोकिएको छ।