बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था तथा सुशासन समिति बैठक

निरङ्कुशता थोपर्ने र व्यवस्था उल्ट्याउने कार्य सरकारलाई स्वीकार्य छैन : गृहमन्त्री

शुक्रबार, २२ चैत २०८१, १२ : २०
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान व्यवस्था उल्ट्याउने र निरङ्कुशता थोपर्ने काम सरकारलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै सरकार हिंसात्मक गतिविधि हेरेर नबस्ने बताए । 

‘सरकारलाई वर्तमान व्यवस्था उल्ट्याउने र निरङ्कुशता थोपर्ने काम स्वीकार्य छैन । यस्ता गतिविधि गर्ने कार्य गर्न सरकारले दिँदैन,’ गृहमन्त्री लेखकले भने, ‘संविधान च्यात्ने र हिंसात्मक गतिविधिलाई हामी हेरेर बस्दैनौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप