शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिबन्धित लागू औषधसहित विमानस्थलमा पक्राउ परे क्रिकेटर निकोलस कीर्तन

शुक्रबार, २२ चैत २०८१, १२ : २०
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । क्यानडाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान निकोलस कीर्तन पक्राउ गरेका छन् । उनी प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको समाचारमा जनाइएको छ ।  

जमैका ग्लिनरमा प्रकाशित समाचार अनुसार, निकोलस कीर्तनलाई ठुलो मात्रामा प्रतिबन्धित लागू औषधसहित बार्बाडसस्थित ग्रन्ट्ली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

कीर्तनले २० पाउण्ड (करिब नौ किलोग्राम) गाँजा बोकेका थिए । भुलवस ५६ ग्रामसम्म गाँजा साथमा राख्नु आपराधिक कार्य मानिदैन । तर, निकोलस कीर्तनले अनुमति दिइएको सीमाभन्दा करिब एक सय ६० गुना बढी गाँजा बोकेका थिए ।

निकोलस कीर्तनको जन्म बार्बाडसमा भएको हो । उनले बार्बाडसका लागि यू–१७ र यू–१९ टोलीबाट लामो समय क्रिकेट पनि खेलेका थिए । उनी वेस्ट इन्डिजको यू–१९ टोलीमा पनि परेका थिए । तर, उनले वेस्ट इन्डिजका लागि खेल्ने अवसर भने पाएका थिएनन् ।

निकोलस कीर्तनकी आमा भने क्यानडाकी हुन् । सोही कारणले उनले क्यानडाको राष्ट्रिय टोलीबाट पनि खेल्ने अवसर पाएका हुन् । क्यानडाले निकट भविष्यमा बहामस, बर्मुडा, अमेरिका र कायमन आइल्यान्ड्ससँग उत्तर अमेरिका कप खेल्ने कार्यक्रम छ ।

तर, गम्भीर अपराधमा पक्राउ परेपछि उक्त प्रतियोगितामा कीर्तनको सहभागिता पनि अनिश्चित बनेको छ । प्रतियोगिता अप्रिल १८ तारिखदेखि सुरु हुँदै छ । क्रिकेट क्यानडाले यस विषयमा आफूहरूले पनि छानबिन गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप