शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

त्रिवि उपकुलपतिले राजनीतिक दबाबमा राजीनामा दिएको भए प्रतिवाद गर्ने नेविसंघको चेतावनी

शुक्रबार, २२ चैत २०८१, १२ : १५
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको विषयमा नेविसंघले ध्यानाकर्षण भएको जनाएको छ। नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिको अकस्मात् राजीनामा दिनुलाई अस्वाभाविक भनेका छन्। 

उनको राजीनामा केवल व्यक्तिगत कारणले मात्र भएको हो वा त्यसका पछाडि कुनै राजनीतिक हस्तक्षेप, दबाब वा अस्वाभाविक शक्ति प्रयोग लुकेको हो भन्ने विषय स्पष्ट हुनु आवश्यक रहेको जनाएका छन्। 

प्रधानमन्त्री स्वयं कुलपति हुने अस्वाभाविक व्यवस्था विश्वविद्यालयको स्वायत्ततालाई कमजोर बनाउने मुख्य कारण रहेको नेविसंघको ठहर छ। 

विश्वविद्यालयको सम्पूर्ण पदाधिकारीहरूको नियुक्ति योग्यता, अनुभव र निष्पक्षताका आधारमा गरिनुपर्ने, राजनीतिक भागबन्डा तत्काल अन्त्य गर्नुपर्ने, र विश्वविद्यालयलाई पूर्ण रूपमा स्वायत्त बनाउन स्पष्ट नीति ल्याइनुपर्ने माग गरे ।

1000103381

 

 

मागहरू सम्बोधन नगरेको खण्डमा नेविसंघ संघर्ष गर्न बाध्य हुने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप