तीनकुने प्रदर्शनमा १३४ जना घाइते, अरू के–के भयो ?
_fVGxS6JR1N.jpg)
काठमाडौँ । चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा १३४ जना घाइते भएको जानकारी गृह मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् ।
गृहमन्त्री लेखकका अनुसार घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका छन् । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसकेका छन् ।
मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्याएको जानकारी दिए । उनीहरूले १२ स्थानमा आगजनी गरेको उनको भनाइ छ ।
दुई पाङ्ग्रे, चार पाङ्ग्रे गरी ३९ सवारी साधनमा तोडफोड प्रदर्शनकारीले गरेको तथ्याङ्क मन्त्री लेखकले समिति बैठकमा प्रस्तुत गरे । घटनामा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक