अपहरणमा परेकी ७ वर्षीय बालिकाको उद्धार, एक जना पक्राउ
शुक्रबार, २२ चैत २०८१, १० : ३५

काठमाडौँ । सुनसरीबाट अपहरणमा परेकी बालिकालाई प्रहरीले कोशी व्यारेजको २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरेको छ । चैत २० मा अपहरणमा परेकी ७ वर्षीय ईशु सदालाई २४ घण्टामा अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए ।
आरोपीले बालिकालाई सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–७ स्थित उनको घरबाट सिटी सफारीमा चढाएर कोशी ब्यारेजमा लगेका हुन् ।
अपहरणमा संलग्न आरोपमा प्रहरीले सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको रानीगञ्ज बस्ने साह र ईसुको परिवारको बिचमा चिनजान थियो । बालिकालाई फ्रुटी दिएर उनले सिटी सफारीमा चढाएर लगेको डीएसपी खतिवडाले बताए ।
तस्करीमा पनि संलग्न जितेन्द्र साह भारतमा नक्कली मदिराको कारोबार गरेको आरोपमा पक्राउ परेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा