सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्प ट्यारिफको प्रतिकार गर्ने चेतावनीपछि शेयर बजारमा पहिरो

शुक्रबार, २२ चैत २०८१, १० : २६
शुक्रबार, २२ चैत २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त महसुलल लगाउने घोषणा गरेपछि विश्व शेयर बजार रक्ताम्मे भएको छ । ट्रम्पको यस कदमले अमेरिका र विश्वभर नै महँगी बढाउने अनि आर्थिक वृद्धिदर घट्ने चिन्ताका बिच लगानीकर्ताहरू आत्तिँदा यसको असर शेयर बजारमा देखिएको हो । 

शुक्रबार लगातार दोस्रो दिन पनि एसिया प्रशान्त क्षेत्रका शेयर बजार ओरालो लागेका छन् । अघिल्लो दिनको कारोबारमा अमेरिकामा एसएन्डपी परिसूचकले २०२० मा कोभिडका कारण अमेरिकी अर्थतन्त्र चौपट भएयताकै खराब दिन देख्यो । नाइकी, एप्पल र टार्गेट जस्ता सबै ठुला उपभोक्ता ब्रान्डको मूल्य ९ प्रतिशत भन्दा धेरैले घटे । 

विश्वभरबाट आउने सामानमा आफूले लगाउन लागेको कम्तीमा पनि १० प्रतिशतको अतिरिक्त भन्सार महसुलले संघीय सरकारको आम्दानी बढ्ने र अमेरिकी उत्पादन अमेरिकामै फिर्ता आउने भएकोले अमेरिकी अर्थतन्त्र फष्टाउने ह्वाइट हाउसमा ट्रम्पले भनेका थिए । 

तर ट्रम्पको यस कदमबाट चीन, ईयू लगायत व्यापार सुाझेदार पटक्कै खुसी छैनन् । सबैले यसको प्रतिकार गर्ने तयारी गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले त यूरोपेली कम्पनीहरूलाई अमेरिकामा लगानी योजना स्थगित गर्न भनेका छन् । ट्रम्पको यसउ कदमका कारण यस वर्ष विश्व व्यापार नै १ प्रतिशतले खुम्चिन सक्ने चिन्ता विश्व व्यापार संगठनले व्यक्त गरिरहेको छ । अतिरिक्त भन्सार महसुलले महँगी आकासिने र आर्थिक वृद्धिदर रोकिने चिन्ता व्यापारीहरूले गरिरहेका छन् । 

शुक्रबार बिहान जापानमा बेञ्चमार्क निक्केई २२५  परिसूचक २ दशमलव ७ प्रतिशतले घटेको थियो । अष्ट्रेलियामा एसएन्डपी२०० परिसूचक १ दशमलव ६ प्रतिशत तल आएको थियो । दक्षिण कोरियामा कोस्पी पनि रातोमै थियो । 

क्विङमिङ चाडका कारण चीन र हङकङमा भने शुक्रबार शेयर बजार बन्द थिए । बिहीबार बजार बन्द हुँदा अमेरिकामा एसएन्डपी ४ दशमललव ८ प्रतिशतले घट्यो । यसरी परिसूचक घट्दा अमेरिकी लगानीकर्ताले एकै  दिनमा २० खर्ब डलर गुमाए । दाउ जोन्स पनि झन्डै ४ प्रतिशत तल आएर बन्द भएको थियो भने बजार बन्द हुँदा नाष्डाक ६  प्रतिशतले घटेको थियो । 

यूरोपमा पनि शुक्रबार शेयर बजार रक्ताम्मे छन् । बेलायतमा फुट्सी ११ साढे १ प्रतिशतले घटेको थियो । फ्रान्स र जर्मनी लगाय यूरोपमा अधिकांश मुख्य बजार रातोमै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप